बन्द भयो ताजमहल



भारत । कोरोना भाइरसको सङ्क्रमण फैलिने डर बढेपछि भारतको प्रसिद्ध पर्यटकीय स्थल ताजमहल बन्द गरिएकाे छ ।

मायाको प्रतीकका रपमा रहेको ताजमहलमा दैनिक हजारौं मानिस आउने हुँदा उनीहरुबाट कोरोना संक्रमण फैलिन सक्ने डर भएकाले बन्द गरिएको भारतीय संस्कृतिमन्त्री प्रह्लाद पट्टेलले जनाएका छन् । भारतमा शैक्षिक संस्था, शपिङ मल, रेस्टुराँ, मदिरालय, व्यायामशाला तथा धार्मिक स्थल र सार्वजनिक कार्यक्रम गर्न रोक लगाइएको छ । पटेलका अनुसार मार्च ३१ सम्म यी विभिन्न कार्यहरुमा रोक लगाइएको छ ।

भारतमा ११४ जनामा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ भने दुई जनाको मृत्यु समेत भइसकेको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्