दुबई पठाइदिन्छु भन्दै साढे १० लाख ठगी गर्ने मगर पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

वैदेशिक रोजगारीका लागि आकर्षक तलबमा दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका ४ खुङ्गा घर भएका ३८ वर्षीय शिव कुमार घर्ती मगर रहेका छन् ।

मगरले आकर्षक तलबमा दुबई पठाइदिन्छु भन्दै ९ जनाबाट १० लाख ५३ हजार रुपैयाँ ठगी गरेका छन् । रकम बुझाएको लामो समयसम्म पनि भिसा नलागेपछि मगरविरुद्ध महानगरीय अपराध महाशाखामा ठगी उजुरी परेको थियो । पीडितहरुले दिएको उजुरीका आधारमा महाशाखाको टोलीले मगरलाई काठमाडौंको गोंगबु चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मगरलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्