ओमानमा मंगलबारदेखि विदेशी नागरिकलाई प्रवेश निषेध



न्युज अफ नेपाल,काठमाडौँ ।

विश्वभर कोरोना अर्थात् कोभिड १९ को संक्रमणको डरले त्रास फैरिहेका बेला ओमानले पनि मंगलबारदेखि विदेशी नागरिरकलाई ओमान प्रवेशमा रोक लगाउने भएको छ।

कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै ओमान सरकारले जिसिसी बाहेकका गैरओमानी नागरिकलाई अनिश्चितकालका लागि प्रवेश रोक लगाउने निर्णय गरेको हो।

ओमान सरकारले अन्य पाँच ओटा ५ वटा निर्णय पनि गरेकाने जनाएको छ । जसमा जुनसुकै मार्गबाट ओमान प्रवेश गर्नेहरु क्वारेन्टाइनमा बस्नुपर्ने र शुक्रबारको प्रार्थना बन्द हुने पनि जनाईएको छ ।

सार्वजनिक बगैँचा तथा पार्कहरु पनि बन्द गरिने छन् भने सामाजिक जमघट तथा पार्टी भोजमा समेत रोक लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्