अझ बलियो गुट बनाउने रणनीतिमा सिटौला



न्युज अफ नेपाल, काठमाडौं । 

महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरु आ–आफ्नो गुट बलियो बनाउने रणनीतिमा लागेका छन् ।

आगामी फागुनको पहिलो हप्ता १४औं महाधिवेशन गर्न कार्यातालिका समेत सार्वजनीक गरिसकेको कांग्रेस भित्र मुख्य गरि सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको तीन गुट क्रियाशिल रहेको छ । साथै कांग्रेस भित्र प्रभावशाली नेताहरुको थप उपगुट पनि रहेको छ ।

आगामी महाधिवेशनबाट फेरी नेतृत्व हत्याउने रणनीतिमा लाग्नु भएका सभापति शेरवहादुर देउवाले आफ्नो गुट बलियो बनाउन पछिल्लो समय आमन्त्रीत केन्द्रिय सदस्य मनोनित, विभाग गठन गरेर नेताहरुलाई जिम्मेवारी बाढफाढ गरिरहनु भएको छ । वरिष्ठ नेता पौडेल पक्ष सभापति देउवाले पछिल्लो समय गरेका काम कार्वाहि प्रति असन्तुष्टी जनाउदै व्यापक आलोचना सहित जिल्ला दौडाहमा लाग्नु भएको छ ।

आगामी महाधिवेशनमा नेतृत्वको दावी गर्दै आफ्नो छुट्ट प्यानल बनाउने बताउदै आउनु भएका सिटौलाले पनि आफ्ना पक्षका शीर्ष नेताहरुलाई जिल्ला जिल्लामा गएर माहौल बनाउन निर्देशन दिनु भएको छ । सोमबार पनि आफ्ना पक्षका नेताहरुको बैठक राखि नेता सिटौलाले सबैलाई जिल्लामा गएर माहौल बनाउन निर्देशन दिनुभएको थियो ।

सिटौला पक्षका नेता केन्द्रिय सदस्य शीवप्रसाद हुमागाईले जानकारी दिए अनुसार सिटौलाले बोलाएको बैठकमा धेरै नेताहरुको सहभागिता रहेको र सबैलाई आ–आफ्नो जिल्लामा गएर सबै कार्यकर्ताहरु संग घुलमिल हुन अनुरोध गरेका थिए । महाधिवेशनको तयारी स्वरुप क्रियाशिल सदस्यता वितरण गर्दैछ । कांग्रेसले यो महाधिवेशनको लागि साढे दुईलाख नयाँ क्रियाशिल सदस्यता वितरण गर्दैछ । १४औं महाधिवेशनमा हाल विद्यमान संख्याको ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेसंगै कांग्रेस भित्र क्रियाशिल सदस्यको संख्या आगामी महाधिवेशनमा ७ लाख ५० हजार पुग्ने भएको छ । काग्रेस केन्द्रिय कार्यालयका अनुसार पार्टीमा हाल ४ लाख ९८ हजार क्रियाशिल सदस्य छन् ।

कांग्रेस भित्र नगर सम्मको कार्यसमिति क्रियाशिल सदस्यहरुको प्रत्येक्ष निर्वाचन बाट बन्ने गर्छ । वडा बाट प्रदेश र प्रतिनिधिसभाको लागि क्षेत्रिय प्रतिनिधि छनौट गर्ने काम पनि क्रियाशिल सदस्यहरुबाटै हुन्छ भने प्रतिनिधिसभाका क्षेत्रिय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधि छनौट हुन्छ । त्यहि भएर आगामी महाधिवेशनमा नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरुले पहिलो चरणमा क्रियाशिल सदस्यता वितरणमै ध्यान पु¥याउन थालेका हुन ।

प्रतिक्रिया दिनुहोस्