सतुंगलबाट ६ लाख थान मास्क बरामद



न्युज अफ नेपाल, काठमाडौँ ।

कालोबजारीका लागि लुकाएर राखेको ६ लाख थान मास्क प्रहरीले बरामद गरेको छ ।

चन्द्रागिरि नगरपालिका १० मा रहेको विष्णुदेवी गोदामबाट प्रहरीले १ सय २० कार्टुन (६ लाख थान) मास्क बरामद गरेको हो । सतुंगलमा रहेकाे रोहित श्रेष्ठको घरमा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासनले सिलबन्दी गरेको थियो । सोमबार बिहान खोलेर गणना गर्दा १७५ वटा बोरामा मास्क लुकाइएकाे पाइएको थियो ।

सतुंगलमा फेला परेकाे मास्क प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा प्रहरीको उपस्थितिमा सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्