कोरोनाकाे बहानामा कालोबजारी, प्रभावकारी अनुगमनको माग



यमलाल भुसाल, बुटवल । 

कोरोनाकोे बहानामा कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न रुपन्देहीका संघ संस्थाका व्यक्तिले सरकारसँग माग गरेका छन ।
कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका संघ संस्थाहरुले सघाउने प्रतिवद्धता समेत जनाएका छन् ।

रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले सोमवार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै बजारमा माक्स, खाद्यान्य तथा दैनिक उपभोग्य मालसमानको अभाव देखिन थालेको भन्दै त्यस तर्फ सरकार सचेत हुनुपर्ने बताएका छन ।

स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले प्रदेशमा १ सय १९ वटा आइसोलेशन वार्डको तयारी भएकाले कोरोनाबाट आतंकित हुने अवस्था नरहेको बताउनु भयो । “सचेत बनौँ । प्रदेश सरकार क्वारेन्टाइनको खोजीमा छ । जनता सचेत हुनुपर्ने छ । तर आतंकित हुने अवस्था छैन् ।”

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले कोरोना नियन्त्रको लागि सरकारले उचित तयारी गर्न नसकेको बताउनु भयो । कोरोनाका बारेमा बास्तविक सुचना दिन सरकार चुकेको भन्दै बास्तविक सूचना दिन सरकारसँग उहाँले आग्रह गर्नु भयो । बजारमा कोरोनाको वहानामा उपभोग्य सामाग्रीको कृतिम अभाव देखिएको भन्दै बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग उहाँले माग गर्नु भयो ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले दक्षीणी सीमाना खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यस तर्फ सचेत हुनुपर्नेमा जोड दिनु भयो । अनावस्यक स्टक राखेर सटेज देखाउन नहुने भन्दै उहाँले कृषि जन्य वस्तुमा समस्या नरहेको बताउनु भयो । साक्षात्कारमा बोल्दै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि संघले सरकारलाई सघाउ तयार रहेको बताउनु भयो ।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चा पदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था आएको धारणा राख्नु भयो । स्वदेशी उत्पादन तर्फ अग्रसर हुनुपर्ने भन्दै उहाँले सरकारले उत्पादनका लागि उत्पे्ररणा दिनु पर्ने बताउनु भयो । साक्षात्कार क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्