लोक दोहोरी गीत ‘कोरोना’ सार्वजनिक



संसारभर महामारिको रुपमा आएको कोरोना भाईरसको बारेमा सचेतनामुलक लोक दोहोरी गीत “कोरोना” सार्वजनिक भएको छ । कोरोना भाईरसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश लिएर डि।ए।आर मुभिजले सन्देशमुलक गीत सार्वजनिक गरेको छ ।

गीतमा स्वर प्रभावन जे र सिता थापाको रहेको छ भने शब्द संकलन माधव थापाको रहेको छ । विष्णु तामाङ संगीत संयोजन रहेको गीतको सम्पादन कृष्ण गौतमले गरेका छन् भने राजाराम गौतम र श्रवण कुमार मिश्रले भिडियो निर्माण गरेका छन् । गोविन्दराम दाहाल, ईश्वरी दाहाल, रमा दाहाल, श्रीराम दाहाल र नमराज ढुंगानाले समन्वयमा गीत निर्माण गरिएको डि।ए।आर मुजिले जानकारी दिएको छ ।

गीतलाई संचार माध्यमले निशुल्क जिंगलको रुपमा पनि प्रयोग गर्न पाउने गरि निर्माण गरिएको डि।ए।आर मुभिजका प्रभावन जे ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्