सानुमाया मानव अधिकार पुरस्कारबाट सम्मानित



शिक्षा पन्त, लमजुङ ।

मानव अधिकार पत्रकार संघ (हुर्जा) ले गण्डकी प्रदेशको १० औं बर्षगाँठ, तथा चौथो अधिवेशन, स्मारिका लोकार्पण तथा सम्मान अर्पण समारोहमा बरिष्ठ समाजसेवी सानुमाया गुरुङलाई सम्मान गरेको छ । मानवअधिकार यशकुमारी जिसी पुरस्कार–२०७६ बाट लमजुङे चेली एवं बरिष्ठ समाजसेवी सानुमाया गुरुङ सम्मानित हुनुभएको हो ।

 

गुरुङलाई गण्डकी प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीराज शर्मा पौडेल, विशेष अतिथिद्वय पोखरा महानगरपालिका १६ का अध्यक्ष जीवनप्रसाद आर्चाया, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निमित्त निर्देशक नितुु गर्तौला, उक्त पुरस्कारको अक्षयकोषका संस्थापक सीताकुमराी जिसी, आयोजक संस्थाका अध्यक्ष राजेश पराजुली लगायतले सम्मान गर्नुभएको हो ।

 

उक्त पुरस्कारको राशि १५ हजार १५ रुपैयाँ रहेको छ । समाजसेवी गुरुङलाई टिका, माला, दोसल्ला र नगद सहित सम्मान गरिएको हो । गुरुङले आफूले पाएको नगद पुरस्कार सोही समारोहमा आदर्श महिला तथा बाल विकास केन्द्र बेसीशहरका सचिव हुमा गुरुङलाई प्रदान गर्नुभयो ।

 

लमजुङ गिलुङकी स्थायी बासिन्दा ८१ वर्षिया सानुमायासँग महिला संगठनको जिल्ला अध्यक्ष, गाउँ विकास समितिको अध्यक्षका साथै नेपाल रेडक्रस सोसाइटी लमजुङको जिल्ला सभापति भएर समाजसेवा गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्