शोभाले ल्याइन् राष्ट्रिय गीत



गीतकार शोभा केसीद्वारा रचित राष्ट्रिय गीत नेपाललाई माया गरौं शनिबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।
साहित्यकार भद्रा घलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कालगायतले गीत सार्वजनिक गरेका थिए।
आनन्द कार्की र विमला राईको स्वर रहेको गीतको म्युजिक भिडियो मञ्जिल श्रेष्ठले निर्देशन गरेका छन्। गीतको भिडियोमा विभिन्न देश–विदेशमा बस्ने वरिष्ठ कलाकारदेखि समाजमा योगदान पुर्याएका व्यक्तित्वहरूको अभिनय रहेको छ।
स्रमाट थापाको संगीत रहेको गीतमा श्याम रायमाझी र जयराम थापाको छायांकन रहेको छ। गीतको भिडियोलाई विदेशका विभिन्न भाग र नेपालमा छायांकन गरिएको छ। कार्यक्रमका अतिथिहरूले राजनीतिले अलग गर्न खोजे पनि यस्ता राष्ट्रिय गीतले जोड्ने काम गर्ने चर्चा गर्दै शोभालाई बधाई तथा शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्