कोरोनाविरुद्ध सहकार्य गर्न सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स सुरु (हेर्नुहोस् लाइभ)



न्युज अफ नेपाल,काठमाडौँ ।

कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणको डरले विश्व नै सन्त्रस्त बनिरहेको समयमा यसको सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्षरप्रधानमन्त्रीबीच केहीबेर अघि भिडियो कन्फरेन्स शुरु भएको छ ।

उक्त भिडियो कन्फरेन्समा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा आली सिंह दरबार पुगेका छन् । दोस्रोपटक मृगौला प्रत्यारोपण गरिएपछि ओलीको यो पहिलो राजनीतिक कार्यक्रम रहेको छ ।

भारतीय धानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमणको असर फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत फागुन ३० गतेको ट्विटको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी छन् ।

सौजन्य : भारतीय विदेश मन्त्रालय

https://www.youtube.com/watch?v=TuPfexPFfHE

प्रतिक्रिया दिनुहोस्