१२ जिल्लाका सिडिओ फेरिए (सूचीसहित)



न्युज अफ नेपाल,काठमाडौँ ।

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडिओ०को सरुवा गरेको छ । गृहमन्त्रीस्तरको निर्णयबाट फागुग ३० गते उक्त निर्णय भएको मन्त्रालयले जनाएको छ । सरुवा हुने सिडिओहरुमा उदयपुरमा दीपककुमार पहाडी,मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ ।

यसैमा कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारामा रुद्रप्रसाद पण्डित र गुल्मीमा भरतकुमार शर्माको सरुवा भएको छ । यता अर्जुन भण्डारीलाई सहायक प्रमुख जिल्ला अधिकारी बनाएर मोरङ सरुवा गरिएको छ ।

त्यस्तै अध्यागन विभागमा रमेशकुमार कँडेलको सरुवा भएको छ भने कारागार व्यवस्थापन विभागमा प्रदिपराज कँडेलको सरुवा भएको छ ।

हेर्नुहोस् सूचीसहित…

प्रतिक्रिया दिनुहोस्