रसुवामा ५५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण



सरस्वती न्यौपाने, रसुवा ।

फागुन २९ गतेबाट रसुवामा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीकाे शुभारम्भमा पहिलो चरणकाे विवरण दर्ता गराएका चारसय एक जनाको परिचयपत्र छापिएर आएपछि वितरण कार्य सुरू गरिएको हो । साउन १५ गतेदेखि सुरू भएको सो कार्यमा दैनिक ८० देखि ९० जनाले विवरण दर्ता गर्न पाउने छन् ।

सुरू भएकाे केही समयमा करिव दुई हजार पाच सयले दर्ता गराइसकेका थिए । प्रजिअ भण्डारीका अनुसार दैनिक ८० /९० जनाको विवरण दर्ता गर्ने भनिए पनि २५ देखि ३० वटा विवरण मात्र दर्ता हुने गरेका छन् । जिल्लाको २७ वटै वडामा घुम्ति शिविर सन्चालन गर्ने तयारी समेत भईरहेको भण्डारीले बताएका छन् ।

२९ फागुनबाट चैत दुई गतेसम्ममा ५५ जनाले राष्ट्रिय परिचयपत्र लिईसकेका छन ।

प्रतिक्रिया दिनुहोस्