मानवअधिकार संरक्षणमा मिडियाको महत्वपूर्ण भूमिका



कालीवहादुर मल्ल, कालिकोट ।

मानवअधिकारको संरक्षण तथा सम्बद्र्धनका लागि मिडियाकर्मी तथा मानवअधिकारकर्मीको भूमिका महत्वपूर्ण हुने यहाँ आयोजित एक कार्यक्रका सहभागिहरुले बताउनु भएको छ ।

इन्सेक कालिकोटको आयोजनामा आइतबार आयोजित मिडिाया सकाझेदारी वैठकमा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानअधिकार उलंघन तथा ज्यादतीमान संलग्न पीडकलाई कार्वाही र पीडितलाई न्याय,क्षतिपूर्तीका लागि मानवअधिकार रक्षकहहरुको भूमिका महत्वपूर्ण हुने वताउनु भयो ।

मिडिया साझेदारी बैठकमा मानव अधिकारका सवालहरूमा मिडियामार्फत उठान गर्न मिडियाको भूमिका, मिडियाकर्मीका समस्या अवस्थाका सवालहरुमा छलफल गरिएको छ । बैठकमा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले मिडियाले मानव अधिकारसँग सम्बन्धित घटनालाई अझै प्रभावकारी रूपमा उजागर गर्नुपर्ने धारणा राख्नु भयो ।

बैठकमा इन्सेक कर्णाली प्रदेश संयोजक सुवेदीले सन २०१९ मा कर्णाली प्रदेशमा मानव अधिकारका घटना उल्लङघन र ज्यादतीका घटनामा ४ सय ८६ जना पीडित भएको इन्सेक प्रतिवेदन वताउनु भयो । साथै अहाले सन् २०१८ को तुलनामा सन २०१९ मा कर्णाली प्रदेशको मान अधिकार अवस्थामा केही सुधार भएका जानकारी जानकारी गराउनु भयो ।

बैठकमा इएलविका कार्यक्रम संयोजक दिलबहादुर चौधरी, इन्सेक कालीकोट प्रतिनिधि कालीबहादुर मल्ल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डे, उपाध्यक्ष नमराज योगी, प्रदेश आवाजका अध्यक्ष रत्न कार्की लगायतले बाल विवाह, बलात्कार, घरेलु हिंसाका कारण हुने घटनाहरूका सवाल मिडियाकर्मी र मानव अधिकारकर्मीले उजागर गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
मानवअधिकार समूहको वैठक सम्पन्न

जिल्लाको खाँडाचक्र नगरपालिकामा गठित मानवअधिकार समूहको वैठक चैत १ गते नगरपालिका केन्द्र मान्ममा वसेको छ । समूहका अध्यक्ष अविसरा अधिकारीको अध्यक्षमा र इन्सेक कर्णाली प्रदेश संयोजक नरायण सुवेदी,इएलपी कार्यक्रम संयोजक दिलवहादुर चैधरीको उपस्थितिमा वसेको वैठकमा खाँडाचक्र नगरपालिकामा शिक्षा,स्वस्थ्य,खाद्य र अवसाको अधिकारको अवस्थाका वारेमा छलफल भएको छ । वैठकमा हाल विश्वव्यापी फैलिदै गएको नोभेल कोरोना भइरस कालिकोटमा फैलिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मानवअधिकार समूहले पनि सचेतनका लागि गाउँ टोलमा चेतनामूलक जानकारी गराउने निर्णय गरेको छ ।
इन्सेकको टोलीद्धारा सरोकारवाला निकायसँग भेटघाट

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी,कार्याक्रम संयोजक दिलवहादुर चौधरी,कालिकोट जिल्ला प्रतिनिधि,सहजकर्ता लगाएतको टेलिले जिल्लाको मानवअधिकार अवस्थाका वारेमा विभिन्न निकायसँग भेटघाट तथा छलफल गरेको छ । टोलिले जिल्ला जिल्ला न्याधिस माधव सुवेदी,निमित्त प्रमुख जिल्ला अधिकारी बमवहादुर नेपालीसँग छुट्टा छुट्टै भेटघाट गरि जिल्लाको मानवअधिकार अवस्थाका वारेमा छलफल गरेको हो । भेटका क्रममा जिल्ला न्यायधिस सुवेदीले जिल्लामा बालविहाका घटनाहरु वढ्दै गएको वताउनु भयो । साथै उहाले जातीय विभेद,लगिक हिंसा,दुव्र्यवारका घटनाहरु अदालतसम्म नपुग्ने गरेको वताउनु भयो ।

यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी नेपालीले विगतको तुलनामा मानवअधिकार उलंघन ज्यादतीका घटनमा कमि आएको देखिए पनि ग्रामिण क्षेत्रमा अहिले पनि थुप्रै घटनाहरु गुपचुपमै रहेको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्