मास्ककाे कालोबजारी गर्ने गिरोह पक्राउ, ७८ हजार सर्जिकल मास्क बरामद



न्युज अफ नेपाल, काठमाडौं ।

सर्जिकल मास्क कालोबजारीमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महाकाल मञ्जुश्री ट्रेडर्सका सञ्चालक मिन्टु तामाङ, अनिश कार्की, उज्ज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, नृप कार्की, गणेश तामाङ र शिव खड्का रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई लुकाएर राखेको ७८ हजार सर्जिकल मास्कसहित महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र स्वयम्भुको संयुक्त टोलीले काठमाडौंको डब्लुबाट पक्राउ गरेको हो ।

मञ्जुश्री सप्लायर्सबाट बरामद भएका सर्जिकल मास्क प्रतिगोटा भ्याटसहित २ रुपैयाँ ५२ पैसा पर्ने प्रहरीले बतायो ।

कोरोना भाइरस फैलिने जोखिम र त्रास बढेसँगै राजधानिमा मास्कको कलो बजारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्