सवारी दुर्घटनामा एकै परिवारका ११ जनाको मृत्यु



काठमाडौं ।

भारतको राजस्थानस्थित जोधपुरमा शनिवार बिहान भएको सवारी दुर्घटनामा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । जीप र ट्रली एकआपसमा ठोक्किँदा जीपमा सवार १४ जनामध्ये ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ४ पुरुष ६ महिला सहित एकबच्चा रहेका छन् । घाइते तीन जनाको जोधपुर अस्पतालमा उपचार भैरहेको छ । नवविवाहित जोडीसहित रामदेवरा दर्शनका लागि निस्केको जीप दुर्घटनामा परेको हो ।

ठक्करपछि जीप ट्रलिको मुनि थिचिएको प्रहरीले जनाएको छ । दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्