आइसीपीमा भन्सार सरेपछि राजस्व बढ्यो



सरोज यादव,विराटनगर ।

आयात सहजीकरणका कारण विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा सुधार भएको छ । विगतमा एक साता लाग्ने काम भन्सार कार्यालय आईसीपीमा सरेपछि एकै दिनमा हुन थाले पछि अन्य नाका डाइभर्ट भएका व्यापारी पनि विराटनगर नाकाहुँदै सामान आयात गर्न थालेपछि विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा सुधार भएको हो ।

विराटनगर भन्सार कार्यालय आइसीपीमा सरेपछि राजस्व असुलीमा सुधार भएको छ । चालु आर्थिक वर्षको साउन देखि नै लक्ष अनुसार राजस्व असुली गर्न नसकेको विराटनगर भन्सार कर्यालयले माघ देखि राजस्व असुलीमा सुधार गरेको हो । भन्सार कार्यालय आइसीपीमा सरेपछि भन्सार जाँचपासमा सहजीकरण भएकाले राजस्व असुली बढेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

भन्सार आइसीपीमा सर्नु भन्दा पहिले लक्षको ६० देखि ६५ प्रतिशतमात्रै राजस्व असुली भइरहेकोमा हाल राजस्व असुली ७६ प्रतिशत पुगेको विराटनगर भन्सार कार्याल्यका प्रबक्ता गोपी उप्रेतिले जानकारी दिनुभयो । विराटनर भन्सार कार्यालयको माघ महिनाको लक्ष ३ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा माघ मसान्त सम्म २ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ असुली भएको उप्रेतिको भनाई छ ।

फागुनमा पनि माघकै हाराहारीमा राजस्व असुली हुने अनुमान गरिएको उप्रेतिले बताउनुभयो । भन्सार कार्यालय आइसीपीमा सरेपछि जोगवनीमा हुनेगरेको सवारी जामको समस्या पनि अन्त्य भएको छ ।

जामका कारण हुने गरेको कढीनाई अन्त्य भएको भन्सार एजेन्ट अरुण खेतानले बताउनुभयो । कोरोनाले चिन तर्फको आयात केहि प्रभावित भए पनि भन्सार जाँच पासमा भएको सहजताले अन्य नाकामा डाइभर्ट भएका बस्तुहरू पनि विराटनगर नाका हुँदै आयात हुन थालेको खेतानले बताउनुभयो ।

पहिले एक हप्ता लाग्ने काम अहिले केहि घण्टामै हुन थालेको खेतानले बताउनुभयो । आइसीपीमा भन्सार कर्याालय सरेपछि उत्साहजनक रुपमा राजस्व संकलन भइरहेका कारण चालु आर्थिक वर्षमा लक्षको ८० प्रतिशतसम्म राजस्व संकलन हुने अनुमान विराटनगर भन्सार कार्यालयले गरेको छ ।

यसैवीच कोरोना भाइरस संक्रमणका कारण विराटनगर नाकाबाट हुने चीनसँगको व्यापार ३१ प्रतिशतले गिरावट आएको छ । विराटनगर –१८ आइसीपी स्थित भन्सार कार्यालयका अनुसार कोरोनाका कारण चिनबाट आउने सामाग्रीहरूको आयात प्रभावित भएको हो । विशेष गरी खेलौना, स्याउ,प्लाष्टिकका सामान, जुत्ता, चप्पल, गार्मेन्टका सामाग्रीहरूको आयात घटेको प्रबक्ता उप्रेतिले जानकारी दिनुभयो ।

उप्रेतिका अनुसार चालु बर्षको माघ मसान्तसम्ममा चिनसंग ८ अर्ब ५५ करोड रुपैयाँको कुल व्यापार भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा चीनसँग १२ अर्ब ७५ करोड रुपैयाको व्यापार भएको भन्सार कार्यालयले जनाएको छ । कोरोनाका कारण चीनसंगको व्यापार अझै गिरावट हुने देखिएको छ ।

चीनबाट लोड भएर आएका सामान आउनेक्रम जारी रहेकाकारण हालसम्म आयातमा धेरै प्रभाव परेको नदेखिए पनि थप सामान चिनबाट नेपालका लागि लोड नभएकाले आयातमा अझै गिरावट आउने अवस्था रहेको उप्रेतिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्