प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुँदै



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ अस्पतालबाट डिस्चार्ज गरिने भएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार भएपछि डिस्चार्ज गर्न लागिएको बताएका छन् । मिर्गाैला प्रयारोपणका लागि ओलीलाई १९ फागुनमा शिक्षण अस्पतालमा भर्ना गरीएको थियो भने २१ फागुनमा शल्यक्रिया सम्पन्न भएको थियो ।

दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका ओलीलाई पूर्ण रुपमा सञ्चो हुन अझै केही महिना लाग्ने चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्