कटुवा पेस्तोलसहित ३ भारतीय पक्राउ



सरोज यादव, विराटनगर । 

मोरङ सुनवर्षी ८ हर्चनगढीबाट हतियारसहित ३ भारतीय नागरिक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारतको जिल्ला अररिया धर्मगंज पंचायत पलासी थाना डकैता बस्ने २१ बर्षीय अजयकुमार मण्डल, १८ बर्षीय आन्नदकुमार मण्डल र २१ बर्षीय राकेशकुमार साह रहेका छन । बिहीबार राती सवा ८ बजे हर्चनगढीमा रहेको एक घरमा मादक पदार्थ सेवन गरी बसिरहेका उनीहरुलाई १ थान कटुवा पेस्तोल,१ राउण्ड गोली र उनीहरुले प्रयोग गरेको १ थान १५० सि.सि.को पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

उनीहरुका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्