बलात्कार आरोपी अनेरास्ववियुका नेता राईलाई ८ वर्ष जेल सजाय



न्युज अफ नेपाल, काठमाडौं ।

बलात्कार आरोपी अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रत्न राज्य क्याम्पसका स्ववियु सह-सचिव ईन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै ८ वर्ष जेल सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई ८ वर्ष ६ महिनाको जेल सजाय सुनाएको हो । यस्तै, राईलाई १ लाख ५० हजार क्षतिपुर्ति दिन आदेश गरिएको छ ।

तिहारको मौका पारेर राईले आफ्नै साथीकी बहिनीलाई कार्तिक ११ गते अपरान्हमा माकलबारीस्थित आफन्तको घरमा लगेर बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्