अमेरिकी सेनाबाट चीनमा कोरोना भाइरस भित्रियो : चीन



बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले कोरोना भाइरसको संक्रमण अमेरिकी सेनाले फैलाएको दाबी गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सेनाले वुहानमा नोभेल कोरोना भाइरस ल्याएको लिजियानले बताएका छन् ।

क्यानडेली कन्सपाइरेशन वेबसाइटका अनुसार चीनको समुद्री खानाबाट कोरोना भाइरस फैलिएको कुरा गलत रहेको लिजियानले जनाएका छन् । कोरोना भाइरस गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक भेटिएको थियो ।

यस्तै, गत अक्टोबरमै चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वर्ल्ड गेम्स आयोजना गरिएको थियो जसमा अमेरिकी सेनाले पनि भाग लिएको थियो । उक्त कुरालाई जोड्दै लिजियानले वेबसाइटले लगाएको आरोपको खण्डन गरेका छन् ।

कोरोनाको संक्रमण अहिले विश्वभर फैलिने क्रममा छ । यो भाइरस विश्वका १२४ मुलुकमा फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्