मस्र्याङ्दीमा र्याफ्टिङको मज्जा



लमजुङ, (नेस)

आदिवासी जनजाति लमजुङ साँस्कृतिक तथा पर्यटन महोत्सवको अवसरमा र्याफ्टिङ गरिएको हो । बेसीशहर नगरपालिका ६ बेलौतीविसौनादेखि बेसीशहर–८ करपुरेश्वर मन्दिरसम्म २ किलामिटरको दुरीमा र्याफ्टिङ गराइएको हो ।

 

बेसीशहर नगरपालिका–८ दनाईफाँटमा सञ्चालित महोत्सवको तेस्रो दिन आइतबारदेखि मस्र्याङ्दी नदीमा र्याफ्टिङ गरिएको हो । महोत्सव मूल समारोह समितिका संयोजक एवं आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष हरिजंग तामाङले पर्यटक र्याफ्टिङ गर्न रुचाउने भएकाले ¥याफ्टिङ गराइएको बताउनुभयो ।

 

पर्यटकलाई आकर्षित गराई पर्यटन प्रवद्र्धन गर्न र्याफ्टिङ गरिएको हो । हिमालयन रिभर गाइड एसोसिएसन नेपालका पूर्वअध्यक्ष एवं र्याफ्टिङ र कायकिङ गाइड युवराज अधिकारीका अनुसार अक्टोबरको अन्तिमदेखि मार्चसम्म जलयात्राका लागि उपयुक्त मौसम मानिन्छ । महोत्सवको पर्यटन व्यवस्थापन उपसमितिका संयोजक सुमन गुरुङका अनुसार ३ दिनसम्म र्याफ्टिङ गरिएको हो ।

 

जल तथा साहसिक पर्यटन प्रवद्र्धन गर्न र्याफ्टिङ गराइएको उहाँले बताउनुभयो । मस्र्याङ्दी नदी र्याफ्टिङ र कायाकिङका लागि राम्रो नदी हो । गुरुङका अनुसार एकपटकमा ८ जनाले र्याफ्टिङ गरेका छन् । प्रतिव्यक्ति ७ सय रुपियाँ टिकट लिइएको संयोजक गुरुङले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्