डिभिजन वन कार्यालय दोलखाका प्रमुख २ लाख नगद सहित रंगेहात पक्राउ



पुष्कर बुढाथोकी,भक्तपुर ।

डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २ लाख ५ हजार नगद सहित पक्राउ गरेको छ । भक्तपुरको गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको अख्तियारले जनाएको छ । सेवाग्राहीसँग घुस लिएर दोलखाबाट हिडेको खबर आएपछि उनलाई निगरानीमा राखेको अख्तियारको टोलीले भक्तपुरको गठ्ठाघरमा गाडी र घुस रकमसहित पक्राउ गरेको हो ।

आज साँझ ६ बजेतिर श्रेष्ठलाई गठ्ठाघरमा उनी चढेको बा १ झ ७६८५ नम्बरको गाडी नियन्त्रणमा लिएर उनको साथमा रहेको रकम बरामद गरेको हो ।
उनलाई नियन्त्रणमा लिएको र थप आवश्यक अनुसन्धान हुने अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्