सडक स्तरोन्नतिका लागि छलफल



नेपाल समाचारपत्र, गुल्मी

सडक आयोजनाको स्तरोन्नतिका लागि गुल्मीमा पहिलोपटक छलफल भएको छ। गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाको सदरमुकाम तम्घासमा सालझन्डी पटौती–खज्र्याङ–तम्घास–ढोरपाटन सडक आयोजनाको स्तरोन्नति तथा निर्माण सम्बन्धमा सर्वदलीय सर्वपक्षीय अन्तक्र्रिया गरिएको हो।

कार्यक्रममा सहभागीहरूले यो सडक गुल्मीका लागि एउटा महत्वपूर्ण र सुरक्षित सडक भएको बताएका छन्। तर, सडकको निर्माण कार्य राम्रोसँग नभएको बताइन्छ।

विकास निर्माणका कार्यमा कुनै न कुनै तरिकाबाट राजनीतिक पूर्वाग्रह भएको सहभागीले बताएका छन्। उनीहरूले विकास निर्माणका कार्यहरूमा राजनीतिक पूर्वाग्रह र राजनीतिक प्रतिशोधको भावना राखेमा जिल्लामा विकासले कुनै गति नलिने बताएका थिए।

सालझन्डी–पटौती–खज्र्याङ–तम्घास–ढोरपाटन सडक आयोजनाको २०७० सालमा सडकको शुभारम्भ गरिएको थियो। निर्माण कार्य शुरू भएको ५ वर्षसम्म पनि कामले गति नलिएको भन्दै सर्वदलीय सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रम गरिएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्