ओपो एफ १५ स्मार्टफोन आउँदै



ओपोले आफ्नो नयाँ फ्ल्यागसिप मोडलअन्तर्गत ओपो एफ १५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिएको हो।
ओपोका ब्रान्ड फ्रेन्ड नायिका स्वस्तिमा खड्का, कलाकारहरू शिल्पा मास्के, अनुपविक्रम शाही, नाजिर हुसेन तथा र मोडल सबिता कार्की र मिस नेपाल २०१९ अनुश्का श्रेष्ठलगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धी टिजर पोष्टहरू देखा पर्न थालेका छन्।
कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१५ मार्फत थप अगाडि लैजाने तयारी गरेको छ। फोनमा दिइएको स्लिक र फेसनेवल डिजाइनका कारण ओपो एफ१५ले एफसिरिजको मात्र नभई समग्र ब्रान्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ।
एफसिरिज अन्तर्गत कम्पनीको पछिल्लो उत्पादन ओपो एफ११ प्रो नोट्चलेस डिस्प्ले र डुअल क्यामेरा सेटअप सहित सार्वजनिक गरिएको थियो भने एफ११मा भने वाटर ड्रप डिस्प्ले उपलब्ध गरिएको थियो। ओपो एफ११ सिरिजका दुवै फोनलाई हेलियो पी७० एसओसीद्वारा सञ्चारित थिए भने प्रो भर्जनमा ६ जीबी ¥याम र १ सय २८ जीबी आन्तरिक सञ्चयक्षमतार एफ ११मा भने ४ जीबी ¥याम १ सय २८ जीबी रोम रहेको छ। फोनहरूमा एण्ड्रोइड पाईका साथमा कलर ओएस सिक्स दिइएको छ।

प्रतिक्रिया दिनुहोस्