ललितपुर महानगरले बजार अनुगमन गर्ने



ललितपुर, (नेस)

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका बजारको अनुगमन गर्ने भएको छ। महानगरपालिकाको कार्यपालिका बैठकले बजारमा अत्यावश्यक साम्रगीको अवस्था बुझ्न अनुगमन गर्ने निर्णय गरेको महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेका देशको सूचीमा राखेसँगै बजारमा अत्यावश्यक सामग्रीको अभाव भएको भन्दै जनगुनासो आएको जनाइएको छ।

अनुगमनका क्रममा अनावश्यक भ्रम सिर्जना गरी खाद्यपदार्थ, मास्क, ह्यान्ड स्यानिटाइजर र औषधिलगायत अन्य अत्यावश्यक वस्तुको कालो बजारी भएको पाइएमा त्यस्ता व्यापारी, विक्रेतालाई कानुनबमोजिम कारबाही गर्ने जनाइएको छ। यसैगरी वर्तमान अवस्थामा संयमता अपनाउनसमेत महानगरपालिकाले महानगरवासीमा आग्रह गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्