बेपत्ता भएकाे ४ दिनपछि युवककाे शव भेटियो



न्युज अफ नेपाल, बुटवल । 

पौडी खेल्ने क्रममा बेपत्ता भएका रोक्काको ४ दिन पछि नेपाली सेनाको गोताखोरको टोलीद्धारा शव निकाल्न सफल भएको छ ।

तिलत्तोमा नगरपालिका ७ बस्ने बर्ष २१ को प्रविन रोक्का फागुन २४ गते पाल्पा जिल्ला स्थित तिनाउ गाउपालिका ३, तिनाउ जलविद्युत केन्द्रको ड्याम साईडमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

उक्त व्यक्तिको खोजि कार्यको लागि श्री गरुडदल गणबाट सह सेनानी दिपक बोहरा र नं. २ विपद व्यवस्थापन गणबाट सेनानी कृष्ण बहादुर श्रेष्ठको कमाण्डमा गोताखोर टोली सहित संयुक्त रुपमा फागुन २५ गतेबाट निरन्तर रुपमा खोजि कार्यमा खट्टिएको थियो ।

नेपाली सेना गोताखोर टोलीको निरन्तर खोजि कार्यबाट फागुन २७ गतेको पौने ३ बजे माथिल्लो सिद्धवावा मन्दिरदेखि करिव १०० मिटर उत्तर पश्चिम खोलाको किनारामा टाउको मात्र देखिएको, अन्य भाग पानीमा डुबेको अवस्थामा शव फेलापारी, मृतकको आफन्तजनको रोहबरमा स्थानिय प्रहरीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्