अभिनय, नृत्य र गायनका लागि स्पर्धा



एएनपी मिडिया हाउसद्वारा अभिनय, नृत्य र गायन विधाका लागि राजधानीमा सम्पन्न लिटिल प्राइड अफ नेपालमा जुनियरतर्फ नृत्यमा सौर्य कोइराला विजेता भएका छन् भने र्यामसराज आचार्य फस्ट, दिलिसा मैनाली सेकेन्ड, अनुस्था दाहाल थर्ड र साइना उप्रेती फोर्थ रनर्सअप भएका छन्।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विशेषता पौडेल पब्लिक च्वाइस अवार्ड विनर भएका थिए। त्यसै गरी सिनियनतर्फ बिन्दु सरु मगर विजेता भए भने ग्रिष्मा घिमिरे फस्ट, रुबी खरेल सेकेन्ड रनर्सअप र रुबी खरेल नै पब्लिक च्वाइस अवार्ड विनर भएका छन्। अभिनयतर्फ पुजसा न्यौपाने विजेता भए भने स्मीती मगर फस्ट र रोमन राई सेकेन्ड रनर्सअप तथा स्मीती मगर पब्लिक च्वाइस अवार्ड विनर भए।
गायनमा जुनियरतर्फ विभूत पोखरेल विजेता भए भने बसिल पराजुली फस्ट रनर्सअप र पब्लिक च्वाइस अवार्ड विनर तथा नाभिया फुयाँल सेकेन्ड रनर्सअप भए। सिनियरतर्फ मुष्कान परियार विजेता भए भने जेनिसा राई फस्ट र सुदीप तामाङ सेकेन्ड रनर्सअप तथा मुष्कान परियार पब्लिक च्वाइस विनर भए

प्रतिक्रिया दिनुहोस्