कोराना भाइरस सम्बन्धी सचेतनासँगै फलफुल र स्टेशनरी बितरण



टंक अधिकारी,पोखरा ।

कोराना भाइरसको सन्त्रासले सोमबार पोखरामा होली खेल्ने युवायुवतीको जमात खासै देखिएन । दिनभरि नै पोखरा शहर शुनसान जस्तै रह्यो । तर दशनामी दिदीबहिनी दाजुभाईहरुसँगै युथ नर्स सञ्जाल कास्कीका पदाधिकारी भने सुटुक्क पोखर–६, लेकसाइडको डिहीकोपाटनस्थिन रेन्बो चिल्डेन होममा पुगेर होली मनाए । तर उनीहरुको होली मनाउने तरिका भने बेग्लै थियो ।

बालगृहमा रहेका करिब ४० जना अनाथ बालबालिकालाई शैक्षिक सामाग्री एवं फलफूल वितरण गरी त्यहाँ रहेका बालबालिकासँग होली मनाईएको होे । कार्यक्रममा युथ नर्स सञ्जाल कास्कीका अध्यक्ष सरस्वती पुरी, दशनामी दिदीबहिनी दाजुभाईहरु मनोज गिरी, कृष्ण भारती, अंजली गिरी, सुस्मिता गिरी, सिम्रन गिरी, दीपिका गिरी, राजीव गिरी लगायतले बालगृहका सञ्चालक गोमा ढकाललाई संयुक्त रुपमा शैक्षिक सामाग्री र फलफूल हस्तारण गर्नु भएको होे ।

कार्यक्रममा युथ नर्स संजाल कास्कीका अध्यक्ष सरस्वती पुरीले कोरना भाइरसको संक्रमणबाट बच्ने तरिकाबारे सचेतना गराउनु भएको थियो । सचेतना पश्चात होलीको सद्भाव र शुभकामना साटासाट गरी रङ खेलेर उल्लासमय वातावरणमा होली मनाईएको अञ्जली गिरीले बताउनु भयो ।

‘अनाथलयमा दिदीबहिनी दाजुभाई आएर बालबालिकालाई गर्नु भएको सहयोगले निकै हर्षित भएकी छु,’ सञ्चालक ढकालले भन्नुभयो– ‘अहिले कोरना भाइरसको संक्रमणको सन्त्रासले आम मान्छे आत्तिएका बेला वहाँहरुले बालबालिकालाई हात धुने तरिका र त्यसबाट बच्चे उपाय बार ेप्रशिक्षण दिनु भएकोमा धेरै आभारी छु ।’

कार्यक्रममा युथ नर्स सञ्जाल कास्कीकी अध्यक्ष समेत रहेकी स्टाफनर्स सरस्वती पुरीले बालबालिकालाई हातधुने विधि र प्रक्रियाबारे डमोस्ट्रेशन नै प्रदर्शन गर्नुभएको थियो । ‘हामीलाई अनाथलयमा आएर फरक ढंगबाट होली मनाउन पाउँदा खुशी लागेको छ,’ स्टाफनर्स पुरीले भन्नुभयो–‘आफ्नो व्यस्त समय र स्वआर्जनबाट बचेको रकमको केही अंश समाज सेवामा खर्च गर्दा धेरै आत्मसन्तुष्टि मिलेको छ ।’

प्रतिक्रिया दिनुहोस्