काँठे प्रतियोगितामा प्रदीप र कल्पना विजयी



प्रथम राष्ट्रिय काँठे लोकदोहोरी प्रतियोगिताको उपाधि सिन्धुपाल्चोकका प्रदीप रोक्का र कल्पना दाहालको जोडीले जितेको छ।
डीएआर मुभिजको आयोजनामा काठमाडौंको टँुडिखेलमा फाल्गुण १६ देखि २० गतेसम्म चलेको प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवअन्तर्गतको प्रतियोगितामा गोर्खाकी बबिता बानियाँ (जेरी) र विजय बानियाँको जोडीले फाइनलमा प्रदीप रोक्का र कल्पना दाहालको जोडीसँग प्रतिस्पर्धा गरेको थियो। जितसँगै विजेता प्रदीप र कल्पनाको टिमले ३ लाख रुपियाँ नगद पुरस्कारसहित एउटा गीत रेकर्ड गर्न पाउने छन्। उपविजेता समूह बबिता बानियाँ र विजय बानियाँले नगद २ लाखसहित एउटा गीत रेकर्ड गर्न पाउने छन्।
तेस्रो र चौथो नतिजाका लागि प्रतिस्पर्धामा उत्रेको दिलीप थापा मगर र टीकामाया फ्याली राष्ट्रिय लोकदोहोरी प्रतिष्ठिान कोटेश्वर बानेश्वरको जोडीसँग नुवाकोटका भगवान् कार्की र सर्लाहीकी मीरा रायमाझीको जोडीबीच भएको खेल बराबरी भएको थियो। दुवै टिमले नगद ७५ हजार पुरस्कारसहित एक–एक वटा गीत रेकर्ड गर्न अवसर पाउने छन्। प्रतियोगिता उत्कृष्ट गायिकाको पुरस्कार तारा थापा (बाग्लुङ), प्रतिमा अर्याल (मकवानपुर) र मीना नेपाल (ओखलढुंगा) ले पाएका छन् भने उत्कृष्ट गायकको उपाधि शेरबहादुर केसी (नुवाकोट) ले पाएका छन्। उदयीमान गायिकाको उपाधि मनीषाकुमारी रावल (अछाम) ले प्राप्त गरेकी छन्।
प्रतियोगितमा कुल ७४ समूहले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सरोज लामिछानेले बताए। प्रतियोगिताको निर्णायक संयोजक नवराज घोरासैने, निर्णायक मण्डलको अध्यक्ष सीता थापा, अम्बर विरही गुरुङ, घमेश दुलाल, हरि थापा, केशव चौलागार्इं, रेशम थापा रहेका थिए। अतिथि निर्णायक तथा जुरीका रूपमा भीमसेन खतिवडा, मीनामैयाँ थापा, उमा श्रेष्ठ र अमृत खाती रहेका थिए।
कार्यक्रममा काँठे क्षेत्रको लोक गीत–संगीतमा योगदान पुराएका अग्रजदेखि नवकलाकारलाई विविध सम्मान गरिएको थियो। सो अवसरमा कुमार बस्नेत, जयनन्द लामा, मच्छेश्वर सापकोटा, टंक केसी, हरिबहादुर राउत, गोविन्द दुलाल, केशव चौलागाईं, नवराज घोरासैने, कल्याणकुमार कार्की, तीर्थकुमारी थापा, मीरा थापा, ध्रुवराज खड्का, शिवनारायण जोशी, नवीन ढुंगेल, महेन्द्र तिमल्सिना, इन्दिरा गुरुङ, घमेश दुलाल, रेशम थापा, हरि थापा, सीता थापा, भोजराज काफ्ले, गीतादेवी, पार्वती कार्की, मीनामैयाँ थापा, गोकुल राउत, शारदा घिमिरे, कान्छी काँठे लोकगायिका आयुषा गौतम र अमृत सापकोटालाई पूर्वकानुमन्त्री शेरबहादुर तामाङले सम्मान गरेका थिए। त्यसै गरी दिवंगत श्रष्टा सम्मानअन्तर्गत बुद्धिकृष्ण लामिछाने, कृष्णविक्रम थापा, भगवती दंगाल र लालबहादुर खातीलाई सम्मान गरिएको थियो। राष्ट्रिय काँठे लोकदोहारी महोत्सवका साथमा प्रतियोगिताले आगामि दिनमा पनि निरन्तरता पाउने र थप कार्यक्रम गर्दै जाने डीएआर मुभिज एन्ड फिल्म्स इन्डस्ट्रिजका राजाराम गौतमले जानकारी गराए।

 

 

प्रतिक्रिया दिनुहोस्