संगीतमा लालपुर्जा



आरसी सापकोटा र मेलिना राईको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ।
लालपुर्जा बोलको गीतमा शब्द तथा संगीत रमेश परियारको रहेको छ। आरसी सापकोटा प्रवासमा रहे पनि नेपाली गीत संगीतलाई माया गर्छन्। उनले प्रवासमा रहेर पनि थुप्रै गीतमा आफ्नो स्वर दिइसकेका छन्। उनको सार्वजनिक गीत लालपुर्जामा सुनील क्षत्री र रक्षा श्रेष्ठलाई फिचरिङ गरिएको छ। टंक केसीले छायांकन गरेको भिडियोलाई अराज केशवले सम्पादन गरेका हुन्। सुनील न्युरेलेले निर्देशन गरेको भिडियो गायक सापकोटाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्