कोका–कोला कम्पनीको महिला सशत्तिकरण अभियान



कोका–कोला कम्पनीको अधिकृत बोटलर्स बोटलर्स नेपाल लिमिटेडले आफ्नो ग्लोबल पहल ५ बाई २० को हिस्साको रुपमा सिप्कपर ट्रेनिङ एन्ड रिसोर्स ‘स्टार’ कार्यक्रम संञ्चालन गर्दै आएको छ। जसको उद्देश्य सन् २०२० सम्म ५० लाख महिलालाई आर्थिक रुपमा सशक्त बनाउनु हो।
यस कार्यक्रमको उद्देश्य नेपाली खुद्रा बिक्रेतालाई खुद्रा व्यवसायको चार मुख्य क्षेत्र (पसल व्यवस्थापन, स्टक व्यवस्थापन, ग्राहक व्यवस्थापन र वित्त व्यवस्थापन) मा केन्द्रित भएर नेपालको गतिशील खुद्रा परिवेशमा सफल हुन आवश्यक सीप, प्रविधि र उपकरण प्रदान गर्नु हो। बोटलर्स नेपालको सार्वजनिक मामिला सञ्चार र स्थिरता टिम तथा सेल्स टिमबीचको संयुक्त सहकार्यले १५ शहर र नेपालका धेरै साना शहरमा यो कार्यक्रममार्फत ५ हजारभन्दा बढी महिला खुद्रा बिक्रेतालाई प्रशिक्षण दिइसकेको छ।
‘हामीले नेपालमा अधिकांश खुद्रा बिक्रेता महिला रहेको बुझेका छौं र विशेषगरी ग्रामीण क्षेत्रका यी महिलामा आधारभूत खुद्रा बिक्रेता र व्यावसायिक सीपको अभाव छ। ५बाई २० कार्यक्रममार्फत हामीले खुद्रा बिक्रेताले आफ्नो जीवनमा सामना गरिरहेका अवरोध हटाउन सहयोग र समर्थन गर्ने लक्ष्य राखेका छौं। कम्पनीले निरन्तर आफ्नो भ्यालु चेनमा महिला प्रगतिलाई प्रत्सोहान गर्दछ,’ बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्