संगठनभित्र वैज्ञानिक वृत्तिविकासको अवसर नभएको भन्दै नेपाल प्रहरीका डीआईजीले दिए राजीनामा



न्युज अफ नेपाल,काठमाडौं ।

एकवर्ष कार्यकाल बाँकी रहँदा नै नेपाल प्रहरीको संगठनभित्र वैज्ञानिक वृत्तिविकासको अवसर नभएको भन्दै डीआईजी डा.राजीव सुब्बाले राजीनामा दिएका छन् ।

डीआईजी सुब्बाले पाँचदिन अघि नै राजीनामा बुझाएका प्रहरी प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। उद्यपी उनकाे राजीनामा स्वीकृत भने भइसकेको छैन । सूचना सञ्चार प्रविधिमा अमेरिकाबाट विद्यावारिधि गरेका सुब्बाले भूकम्पका बेला सुरु गरेको सूचना प्रवाहको त्यसबेला निकै प्रसंशा गरिएको थियो ।

सुब्बा लामो समयदेखि चारहजार पाँच सय कर्मचारी रहेको प्राविधिकतर्फबाट पनि विशिष्ट श्रेणीमा जाने व्यवस्था गर्नुपर्ने पक्षमा थिए । तर लामो समयसम्म पनि सुनुवाइ नभएपछि उनले राजीनामा दिएको स्रोतले जनाएको छ । अहिलेको संघीय संरचनाले संगठनभित्र विभेद गरिएको भन्दै नेपाल प्रहरीमा गुनासो बढिरहेको छ ।

नेपाल प्रहरीमा उनी यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालभन्दा पनि सिनियर हुन् भने अहिलेका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली पनि सुब्बाभन्दा जुनियर हुन् ।

प्रतिक्रिया दिनुहोस्