प्रेस काउन्सिलको निर्देशन



काठमाडौं, (नेस)

प्रेस काउन्सिल नेपालले नोबेल कोरोना भाइरस (ऋइख्क्ष्म्–ज्ञढ)का कारण विश्वमा नै त्रास भइरहेको बेला हल्ला, अनुमान र खेलाँचीको शैलीमा तथ्यहीन, पुष्टि नभएका र एकपक्षीय सूचना सम्प्रेषण नगर्न आमपत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई निर्देशन दिएको छ ।

काउन्सिलका सहप्रशासकीय अधिकृत एवम् सूचना अधिकारी दीपक खनालद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराउँदै भनिएको छ– ‘संयमित हुनुपर्ने यस्तो घडीमा जिम्मेवारीवोधको समेत ख्याल नगरी समाचार सम्प्रेषण भएकोतर्फ प्रेस काउन्सिल नेपाल सञ्चालक समिति(बोर्ड)को समेत गम्भीर ध्यानाकर्षण भएको छ ।’

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ उद्धृत गर्दै उक्त विज्ञप्तिमा थप उल्लेख गरिएको छ– ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण गर्नुहुँदैन’ भन्ने प्रावधानतर्फ ध्यान दिई समाचार सम्प्रेषण गर्न आमपत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई निर्देशन दिने निर्णय भएको यसै प्रेस विज्ञप्तिमार्फत सार्वजनिक जानकारी गराइन्छ । ’

 

प्रतिक्रिया दिनुहोस्