भारतीय राजदूत क्वात्राद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाण पत्र पेश



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेका छन् ।

बिहिबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्या देवी भण्डारी समक्ष क्वात्राले आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेका हुन् ।

डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि नयाँ राजदूतको रुपमा नियुक्त भएका क्वात्रा नेपालका लागि २५ औं राजदूत हुन् ।

प्रतिक्रिया दिनुहोस्