अदालतको आदेश कार्यान्वयन नहुँदा उपभोक्ता मर्कामा



वीरगन्ज, (नेस)

वीरगन्ज महानगरपालिकाका सडकपेटीमा माछामासु बिक्री–वितरण नगर्न उच्च अदालत जनकपुरले आदेश दिए पनि अझै कार्यान्वयन हुन नसक्दा उपभोक्ताहरू मर्कामा परेका छन्।

वीरगन्ज महानगरपालिका क्षेत्रका खुला स्थानमा माछामासु बिक्री–वितरण गर्ने गरिएको छ। यस्तो विकृति बढेपछि उपभोक्ता हित संरक्षण मञ्च, वीरगन्ज उच्च अदालत जनकपुर गएको थियो। वीरगन्ज महानगरपालिकासँगै नियामककारी निकायलले गम्भीर विषयमा उदासीनता देखाएको भन्दै रोक लगाउन माग गरिएको थियो। यसमाथि फैसला गर्दैै उच्च अदालत, वीरगन्जको अस्थायी इजलासले सडक पेटीमा पशुपन्छी वध र मासु बिक्रीमा रोक लगाउन आदेश दिएको थियो। तर, वीरगन्ज महानगरपालिकाले त्यसलाई कार्यान्वयन गर्न सकेको छैन।

वीरगन्ज महानगरपालिका सामाजिक महाशाखाका प्रमुख अरुण महतोले नालामाथि माछामासु किनेर खाने अवस्था धेरै दिन नरहने बताउनुहुन्छ। उपयुक्त स्थान खोजेर व्यवस्थित पशु वधशाला निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ। हाल महानगरपालिकाले नै निर्माण गरेको ‘मिनाबजार’ तरकारी पसलकै छेउमा माछा बिक्री गर्ने गरिएको छ। खुला स्थानमा हुने माछामासु बिक्री रोक्न महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालयले समेत दबाब दिएको छ।

प्रतिक्रिया दिनुहोस्