एएपी न्युज एजेन्सी बन्द हुँदै



सिड्नी, (एजेन्सी)
पचासी वर्षपछि अस्ट्रेलियाली एसोसियटेड प्रेस न्युज एजेन्सी बन्द हुँदै छ।
सिड्नीस्थित एएपीको कार्यालयमा मंगलबार करिब १ सय ८० जना कर्मचारी तथा पत्रकारहरूलाई ब्रिफिङ गर्ने क्रममा ग्राहकको संख्या घट्दै गइरहेको र निःशुल्क अन लाइन प्रतिस्पर्धा बढिरहेको हुनाले यो व्यापार फाइदाजनक नरहेको बताइएको छ।
साथै तिनीहरूलाई आगामी जुन महिनादेखि तिनीहरूको जागिर सकिने पनि जानकारी दिइएको छ। यस एजेन्सीले करिब २ सय वटा अखबार, प्रशारणकर्ता र वेबसाइटलाई टेक्स्ट, तस्वीरहरू तथा समाचार, खेलकुद र अर्थसम्बन्धी भिडियो रिपोर्टहरू उपलब्ध गराउँदै आएको छ।
एएपीको न्युज वायर जुनको उत्तरार्धमा र यसको उपसम्पादन कार्य पेज मास्टर अगस्टको अन्त्यमा बन्द गरिने भएको छ। एएपीले जारी गरेको विज्ञप्तिमा प्रमुख कार्यकारिणी अधिकारी बु्रस डेभिडसनले भनेका छन्– ‘हामीले निकै गह्रौं मनले यो निर्णय गुर्नपरेको छ। आर्थिक र वित्तीय कारणले हामीले यो कदम चाल्नुपरेको हो।’
यसैबीच कर्मचारीलाई एजेन्सीकै दुईवटा प्रमुख सेयरहोल्डर्स नाइन एन्ड न्युज कोप्र्स अस्ट्रेलियामा करिब ३० देखि ५० वटा रोजगारको अवसर रहेको बताइएको छ। संघीय संसद्को प्रेस ग्यालरीमा पत्रकारहरूलाई सम्बोधन गर्दै अूट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसनले निकै महत्वपूर्ण इतिहास बोकेको एएपी जस्तो संस्था बन्द हुनु भनेको ठूलो चिन्ताको विषय भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्