प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्ववियु कालिकोटद्वारा दिप प्रज्वलन



काली वहादुर मल्ल,कालिकोट ।

मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अनेरास्ववियु कालिकोटले सदरमुकाम मान्ममा दिप प्रज्वलन गरेको छ ।

जिल्ला सदरमुकाम मान्म स्थित नरहरीनाथ चोकमा आयोजित दिप प्रज्वलन कार्यक्रममा नेकपा कालिकोटका अध्यक्ष धनजित शाही,सचिव नगेन्द्र शाही,प्रदेश कमिटि सदस्य,तुलाराज विष्ट,विष्णु विक लगाएतको सहभागित रहेको थियो ।

जिल्लाका नेता तथा कार्यकताहरुको सहभागिता रहेको कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष शाही,सचिव शाही, अनेरास्ववियुका केन्द्रीय सदस्य भीमप्रसाद आचार्यले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपण हुने विश्वास व्यक्त गर्नुभयोे ।

प्रतिक्रिया दिनुहोस्