बिरामीको सेवा गर्दै ९२ वर्षीया चिकित्सक



एजेन्सी । चीनको जियांग्सु प्रान्तको नानजिङ सहरस्थित सिटी अस्पतालमा ९२ वर्षीया ओओँ नाम गरेकी चिकित्सकले अझैँ बिरामीको उपचार गर्दै आएकी छन् ।

१९९४ मा रिटायर भएपनि आफुले सकेसम्म बिरामीको सेवा गर्ने बताउदै आउकी उनले आफ्नो कामलाई निरन्तर दिदैँ आइरहेकी छन् । उनी लगनशीला र कामप्रति इमानदार भएकै कारण सयौँ बिरामीलाई सेवा दिन सफल भएकी छन् । १९२८ सालमा जन्मेकी आओँ रक्त रोग विशेषज्ञ हुन् । यस्तै, उनका पति र छोरा पनि चिकित्सक हुन् ।

उनी भन्छिन्, ‘मलाई आफ्नो काममा आनन्द लाग्छ । यही मेरो खुसीको रहस्य हो ।’ उमेरले आफूलाई केही पनि फरक नपारेको बताउदै उनी भन्छिन् , ‘म आफ्नो उमेरबारे किन सोचु ? मलाई आफ्नो पेसासँग मायाँ छ । विरामीको सेवा गर्दै मर्न चाहन्छु ।’

आँओका छोरा डाक्टर जेंग शिलान्ग पनि सोही अस्पतालमा काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्