रेस्टुरेन्टकाे खानामा मानिसको दाँत भेटिएपछि…



एजेन्सी । एक दम्पत्तिले चिनियाँ रेस्टुरेन्टबाट मगाएको खानामा मानिसको दाँत भेटिएको छ । स्टिफनी म्याकडोनघ र डेविड बरोजले होम डेलिभरी गरेको खानामा मानिसको दात भेटिएको हो । खानामा मानिसको दाँत भेटिएपछि अनुसन्धान अघि बढेको छ ।

अनुसन्धान पछि उक्त रेस्टुरेन्टको सरसफाइमा कुनै पनि नियम नतोडिएको आधारमा कारवाहि नगरिने भएको छ । रेस्टुरेन्टका म्यानेजरले आफ्ना सबै कर्मचारी डीएनए परीक्षणका लागि तयार भएको जनाउँदै सो दात आफ्ना कर्मचारीको नभएको बताएका छन् ।

अनुसन्धानमा रेस्टुरेन्टविरुद्ध केहि प्रमाण नभेटिएपछि म्याकडोनघ र बरोजलाई निःशुल्का खानाका साथै पैसा फिर्ता गरिने भएको थियो । तर, रेस्टुरेन्टले लापरवाही गरेको बताउदै उक्त जोडीले सो प्रस्ताव अस्विकार गरेको छ । सबै कर्मचारीको दाँत परीक्षण गरिएपनि उक्त दात कसैको नभएको रेष्टुरेन्टका म्यानेजरले बताए ।

प्रतिक्रिया दिनुहोस्