राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र ल्याउने



काठमाडौं, (नेस)
राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब ५० करोडबराबरको हजार रुपियाँ दरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । जसमध्ये १५ लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट १० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्रीका गर्ने विषयमा एनआईबीएल एस क्यापिटललाई बैंकले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौता–पत्रमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनआईबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गर्नुभयो ।
बैंकको चुक्ता पुँजीको कम्तीमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने प्रावधान बमोजिम निष्काशन गर्न लागेको यो ऋणपत्रको अवधि ६ बर्षको रहेको छ । १० दशमलव २० प्रतिशत व्याज ६–६ महिनामा प्रदान गरिने यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने समेत विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्