पाठेघरसम्बन्धी शिविरमा कम्पन्न



लमजुङ, (नेस)
पाठेघरसम्बन्धी एक दिने निःशुल्क शिविर सम्पन भएको छ ।
बेंसीशहर नगरपालिका–६ चण्डीस्थानको स्वास्थ्य चौकी भवनमा सञ्चालित शिविरमा १ सय १४ जना महिलाले पाठेघरको परिक्षण गराएका छन् । चेकजाँचका क्रममा १ जना महिलामा क्यान्सरको संकेत देखिएको छ भने १ जना महिलाको पाठेघरमा ट्युमरको समस्या देखिएको र ३० जनाको पाठेघरको मुखमा घाउ भएको पाइएको छ ।
१० जना महिलामा पाठेघर खस्ने समस्या रहेको स्वास्थ्यकर्मीले बताएका छन् । शिविरमा ४ जनाको पाठेघरमा रिङ राखिएको छ । ग्रामीण भेगका महिलाले समस्या भए पनि लुकाएर राख्ने हुनाले महिलालाई स्थानियस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको वडाध्यक्ष भोजबहादुर रिमालको बताउनुभयो ।
शिविरले महिलाको प्रजनन स्वास्थ्यमा सुधार आउनुका साथै राम्रो स्वास्थ्य सन्देश प्रवाह हुने उहाँले धारणा छ । महिलामा पाठेघर खस्नु, संक्रमण हुनु र अन्य समस्या देखिनु मुख्य कारण कम उमेरमा बच्चा जन्माउनु, चाँडोचाँडो बच्चा जन्माउनु, सरसफाइमा ध्यान नदिनुलगायतका कारण रहेको जिल्ला सामुदायिक अस्पतालका स्त्री रोग विशेषज्ञ डा. हेमा छन्त्यालले बताउनुभयो । शिवर वल्र्ड भिजन इन्टरनेसनल नेपाल र कोपाडेसको सहयोग तथा बेंसीशहर नगरपालिका वडा नं. ६ र चण्डीस्थान स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्