आमाले छाडेपछिको दर्दनाक दृश्य : वृद्धभत्ताले बचाउँदै तिन जनाको परिवार, पेटभरी नखाएको आठ बर्ष भयो



सीताराम अधिकारी ,धादिङ।

घरमा खानेकुरा सकिँदै थियो सपना तामाङ खटाएरमात्र चामल खाना पकाउने भाँडोमा राख्दै हुनुहुन्थ्यो । पुर्याएर चामल हाल्नुपर्छ । नत्र हजरबुबाको वृद्धभत्ता आउने बेलासम्मका लागि पुग्दैन। थोरै तरकारी आँगन छेउमा लगाइएको छ । पुराना ओड्ने र लुगा लगाएर घरमा भेटिएकी सपना तामाङको दुख सुरु भएको आठवर्ष पुगेको छ ।

धुनीबेसी नगरपालिका वडा नम्बर ५ ढकालखोला ११ वर्षीया सपना तामाङ, १० वर्षीया विपना तामाङ र उनका हजुरबुबा ७५ वर्षीय जेठा तामाङ वृद्धभत्ताको सहाराले बाँचिरहेको छ। नौवर्ष अघि बाबुलाई मकवानपुरमा कर्तव्य ज्यान मुद्दा लागेर आमा समेत जेल परे । उनको आमालाई ज्यान मुद्दा ठहर नभएपछि रिहा हुनुभयो । आमाको सहारा पाइएला भन्ने सोचेकी सपना तामाङलाई झन ठूलो दुख आयो । आमाले छाडेर अर्केसंग विवाह गर्नुभयो ।

साना बच्चा समेत हेर्ने जिम्मेवारी सपनाका हजुरबुबालाई आयो । २/३ वर्षका नातीनि हुकाएर ठूलो पार्नेर शिक्षा दिँदै आएका हजुरबुबा अब वृद्ध हुनुभयो । ११ वर्षको उमेरमा अरुका बाबु आमाले अरुका छोरा छोरी स्याहार गरेको हेरेर चित्त बुझाएर बस्न बाध्य सपना अप परिवारको पाको मान्छेबन्न बाध्य हुनुभएको छ ।

गरवीले गाँजेको परिवारमा सबैभन्दा बढी समस्या पर्ने गर्छ भनेझैँ सपना र विपनाको सहारा अहिले ७५ वर्षका हजुरबुबा हुनुहुन्छ।खाने अन्न छैन बारी त थोरै छ खेती गर्न सकिने अवस्थामा छैन । पुराना कालो भइसकेका पकाउने भाडा अनि अगेनाको छेउमा ओछ्यान बनाएर सुत्ने गरेको सपना रविपना हजुरबुबाको वृद्ध भत्ताले किनेकोचामल बचाइ बचाइ खान्छन्।

यो भन्दा बढी अब उनिहरुसंग कुनै आम्दानी छैन । कुनै समय वृद्ध भत्ता ढिला आयोभने कयौँ दिनसम्म उनिहरु भोकै बसेको र छिमेकीहरुले खानेकुरा दिनेगरेको सपनाले भक्कानिएर राससलाई बताउनुभयो ।विद्यालय जानका लागि पोशाक पुरानो भएको छ । यस वाहेक लगाउने लुका उनिहरुसंग एक जोर त्यो पनि ज्यादै पुरानो अवस्थामा छ ।

खाना खाने भाँडा समेत छैन । पकाउने भाडा कालो भएर प्वाल पर्न लागेको छ। यो अवस्था देख्दा सरकारको ध्यानकनि नगएको होला ? प्रश्न गर्दै सपनाले अध्यायन गर्ने विद्यालय त्रिकुटेश्वरी आधारभुत विद्यालयका शिक्षक सरस्वती रिमालले प्रश्न गर्दै आफूलेसकेको सहयोग उपलब्ध गराउने बताउनुभयो ।

“मेरो विद्यालयको एउटा विद्यार्थी भोकै सेको म कसरी हेर्न सक्छु र ? म केही सहयोग गर्ने छु।” रिमालले स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जोड दिनुभयो। थोरैबारी काम गर्नेमान्छेनभएपछि दुईनातीनि सहित विचल्लीमा परेको ७५ वर्षीय सपनाका हजुरबुबा जेठा तामाङले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्