दोस्रोपटक मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना



न्युज अफ नेपाल,काठमाडौं ।

दोस्रोपटक मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पतालमा पुनः मृगौला प्रत्यारोपणको लागि भर्ना भएका छन् ।

मृगौला प्रत्यारोपण भने बुधबार मात्रै हुनेछ । यसपटक ओलीलाई प्रधानमन्त्रीकी भान्जीले मृगौला दिने भएकी छिन् ।
उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।

अस्पताल भर्ना जानुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्