१० फिट लामो अजिंगरको पेटबाट तौलिया निकालियो



ऐजेन्सी । अष्ट्रेलियाको सिड्नीस्थित एक पशु चिकित्सालयको एउटा भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । ३ मिटर लामो १८ वर्षको अजिंगरले तौलिया खाएपछि डाक्टरले अजिंगरकाे पेटबाट तौलिया निकालेको भिडियो भाइरल भएको हो ।

वास्तवमा घरमा पालिएको एक अजिंगरले तौलिया निलेको थियो । अजिंगरलाई बचाउनका लागि मालिकले सिड्नीको स्मल एनिमल स्पेशलिस्ट अस्पतालमा लगेका थिए ।अस्पतालका डाक्टरले पेटबाट तौलिया निकालेर अजिंगरलाई त्यसै दिन डिस्चार्ज गरेका छन् । अजिंगरको स्थिती ठिक भएको बताइएको छ ।

अस्पतालले यसको भिडियो फेसबुकमा पोस्ट गर्दै लेखेको छ, ‘तौलिया र अजिंगर दुबैले अब अर्को दिन हेर्न सक्नेछन् । अजिंगरको पेटको निकै भित्रसम्म तौलिया पुगेको थियो । तौलिया निकै राम्रोसँग बाहिर निस्कयो र अजिंगरको ज्यान बच्यो । घाँटीबाट तौलिया निकाल्नका लागि एन्डोस्कोपीको मद्दतले ग्यास्ट्रोइन्टस्टाइनल ट्र्याक्टबाट तौलिया तानिएको थियो ।’

प्रतिक्रिया दिनुहोस्