अमेरिकामा नेपाली भाषालाई थप मान्यता



वाशिंटन डिसी । 

अमेरिकामा अहिले नेपाली भाषीहरूको जनसंख्या पॉंच लाख भन्दा बढी रहेको मानिन्छ । तर आधिकारिक रूपमा आंकडा नभएकोले तथा कागजपत्र विहिनहरूको कुनै रेकर्ड नहुने हुनाले यो संख्या पॉंच लाखभन्दा बढी नै भएको भन्नेहरू पनि पाईन्छन् ।

नेपालीको जनसंख्या बृध्दीसॅंगै नेपाली भाषालाई मान्यता दिलाउने, नेपाली भाषालाई आधिकारिक भाषाको रूपमा प्रयोगका लागि पहल गर्ने काम शुरू भएका छन् । यसै क्रममा केही अमेरिकी राज्यहरूमा नेपाली भाषामा परीक्षा दिन पाईने भएको छ । त्यसैगरी अमेरिकाको १७२ बर्ष पुरानो नेशनल लाईफ ग्जानकारीमूलकरुपले नेपाली भाषामा पहिलोपल्ट प्रकाशित गरेको पुस्तिका अमेरिकाका लागि नेपाली राजदूत ड.अर्जुनकुमार कार्किले एक समारेहका बीच विमोचन गर्नु भयो । विमोचन पश्चात् उहॉंले यस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।

नेशनल लाईफ ग्रुपका उपाध्यक्ष जेनिफर वारफिल्डले सन् १८४८ मा स्थापित नेशनल लाईफ ग्रुपले नेपाली समुदायलाई महत्व दिंदै नेपाली भाषामा प्रकाशित गरेको बताईन् ।

स्मरणीय छ, सो कम्पनीमा संस्थागत रूपमा प्रवेश गर्ने प्रथम नेपाली अनुभव गिरी हुन् र उनकै पहलमा नेपाली भाषामा प्रकाशन हुन सम्भव भएको हो ।

सो अवसरमा अमेरिकामा नेपाली संगीत तथा नृत्य प्रवर्धन गरिरहेको केसी डान्स सेण्टरका कलाकारहरूले नेपाली नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको शुरूमा तिनै कलाकारहरूले अमेरिका तथा नेपालको राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।  सो अवसरमा भिजिट नेपालद्वारा निर्माण गरेको नेपाल प्रबर्धनको भिडियो समेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्