नेपाल तामाङ संघ रसुवाको अध्यक्षमा थिङ



सरस्वती न्यौपाने, रसुवा ।
नेपाल तामाङ संघ रसुवाको दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मतरूपमा कालीबहादुर थिङ अध्यक्ष भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा कामछिरिङ तामाङ, उपाध्यक्षमा पिपलमाया घले, महासचिवमा मोदकुमार तितुङ, सचिवमा धर्मराज गोले, सहसचिवमा रेशम तामाङ कोषाध्यक्षमा सीता तामाङलगायत विभिन्न भेगलाई समेटेर १४ जना सदस्य सर्वसम्मत चुनिएका छन् ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तामाङ एकतालाई मजबुद बनाउने संकल्पका साथ सशक्त ढंगबाट आफ्नो संगठनलाई परिचालन गर्ने उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष लीलाबहादुर थिङले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्