एनटीसीको प्रतिएमबी ५ पैसाको लार्ज डाटा प्याक अफर



काठमाडौं, (नेस)
नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ। यो प्याक एक पटक सब्स्क्राइब गरेपछि लामो समयसम्म चलाउन पाइन्छ र तुलनात्मक रूपमा निकै सस्तो पर्दछ।
कम्पनीले यसअन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ। ३० जीबीको प्याक आवश्यकताअनुसार ९० दिनसम्म चलाउन सकिन्छ। यस प्याकको मूल्य १ हजार ६ सय रुपियाँ छ। त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिनसम्म प्रयोग गर्न सकिन्छ। यसको मूल्य ३ हजार रुपियाँ छ। यसरी प्याक प्रयोग गरी डाटा चलाउँदा प्रतिएमबी करिब ५ पैसा मात्र खर्च लाग्दछ। उल्लेखित रकम करसहितका हुन्।
लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट एस्ट्रिक १४१५ ह्यास डायल गरेर विन्टर अफरअन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नुपर्छ। त्यसैगरी सिधैं एस्ट्रिक १४१५ एस्ट्रिक १ एस्ट्रिक ७ ह्यास डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ। त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ।
आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरु सब्स्क्राइब गर्न सकिन्छ। त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्