चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता बोलाईयो, नेपाल आउन पन्ध्र दिनको म्याद



न्युज अफ नेपाल,काठमाडौँ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिस्तरीय बरियता दिइएका राजदूत पौडेललाई १५ दिन भित्र नेपाल आउन समय दिएको एक मन्त्रीले जानकारी दिए।

कोभिड-१९ भाइरसको महामारीसँग जुधिरहेको उत्तरी छिमेकी चीनबाट सरकारले राजदूतलाई किन फिर्ता बोलाउन लागेको भन्ने खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्