बाजुरामा भेटियो मृत चितुवा



दयाराम पण्डित,बाजुरा ।

बाजुराको बडीमालिका नगरपालिका ७ स्थित पोरखे लेकको जंगलमा एक चितुवामृत अवस्थामा फेला परेको छ । स्थानीयले आज विहान जंगलमा चितुवा मृत अवस्थामा फेला पारेका थिए ।

स्थानीयले प्रहरीलाई खवर दिएपछि जिल्ला प्रहरी कार्यालय बाजुरा र डिभिजन वन कार्यालयक ाकर्मचारीको संयुक्त टोली मृत चितुवाको उद्धार गर्न पठाईसकेकोे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराइले जानकारी दिनुभएको छ। ।

मृत अवस्थामा भेटिएको चितुवाको आधा भाग नभएको बताइएको छ । हिउँ चितुवाको घटना स्थलमै पुगेर मुचुल्का तयार गरिएको प्रहरीले बताएको छ । उक्त चितुवा आजै डिभिजन वन कार्यालय बाजुरामा ल्याउने तयारी भईरहेको डिएसपी भट्टराईले बताउनु भयो ।

मृत अवस्थामा भेटिएको चितुवा चोरी सिकारीले पासो थापेर मारेको हुन सक्ने डिभिजन बन कार्यालय बाजुराका प्रमुख भीमप्रसाद कंडेलले बताउनुभयो । मृत चितुवा सदरमुकाम मार्तडीमा ल्याई परीक्षण गरेर मात्र डिभिजन वन कार्यालय बाजुरा परिसरमै गाडिने बताइएको छ ।

बाजुराका अधिकांश उच्च हिमाली भेगमा जंगली जनावरको चोरी सिकारी हुने गर्दछ । अबैध बन्दुक स्थानीय प्रशासनले थुतेपछि जंगलमा पासा थापेर जनावरको चोरी सिकारी हुने  गरेको स्थानीय श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्