जनमैत्री क्याम्पसमा नेविसंघद्वारा विचार गोष्टी सम्पन्न



न्युज अफ नेपाल, काठमाडौँ ।

तदर्थ समिती गठनको १ महिना पुग्दा पनि समितीले पूर्णता नपाएको र अधिबेसनको सुरसारनै नगरेको विषयमा नेविसंघ जनमैत्री क्याम्पसले आज विचार गोष्टी आयोजना गरेको छ ।

गोष्टीमा तदर्थ समितिको अपूर्णताले विद्यार्थी आन्दोलन र विधिवत महाधिवेसनमा अन्योलता निम्तायको विद्यार्थी नेताहरुले चर्चा गरे । नेपाली कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रममा बोल्दै काफ्लेले किस्ताबन्दीको तदर्थ समितिले अधिवेसनलाई अन्योल बनाएकोले विद्यार्थीहरुले नेत्रित्वलाई निरन्तर खबरदारी गर्न सुझाब दिएका छन् ।

३२ एजेण्डामा अमरण अनसन बसेका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीले आमरण अनसनको बेवास्ता गर्दै आएको तदर्थ समितिले एक महिना बित्दा पनि अधिवेसनको सामान्य प्रकृया समेत नथालेकाले अब पाँच महिनामा अधिवेसन सम्पन्न गर्नेमा संका व्यक्त गरे । उनले छ महिनापछि एक दिन समय थपे पनि मान्य नहुने बाताए ।

कार्यक्रममा नेविसंघ नेताहरु शिव रिमाल , ईश्वर विष्ट , मोती भण्डारी , इन्दु शर्मा , गणेश सापकोटा , इश्वर अधिकारी,मनिस सिम्खडा लगायतको उपस्थिती थियो । कार्यक्रम निराजन शाहीको सभापतित्वमा सम्पन्न भएको नेविसंघका नेता सुरज अयरले बताए ।

प्रतिक्रिया दिनुहोस्